उद्यमी महिलालाई आत्मनिर्भर बनाउन काम गर्छौ: मुख्यमन्त्री अधिकारी

पाेखरा | जेठ ६, २०८१

उद्यमी महिलालाई आत्मनिर्भर बनाउन काम गर्छौ:  मुख्यमन्त्री अधिकारी

पोखरा:     गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सरकारले उद्यमी महिलालाई आत्मनिर्भर बनाउन काम गर्ने बताउनुभएको छ । 


शनिबार पोखरामा सामाजिक उद्यमी महिला सञ्जाल नेपाल (सेवा नेपाल)ले गरेको प्रदेश स्तरीय समन्वयात्मक बैठक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले किसानले गरेको उत्पादनको बजार ग्यारेन्टी र वीमा लगायतको सुविधाको व्यवस्था सरकारले गर्ने खुलाउनुभयो । यसको सुरुवात आगामी आर्थिक वर्षको बजेटबाट गर्ने उहाँको प्रतिवद्धता थियो ।

 
‘बजेट बनाउँदा किसानहरूले गरेको उत्पादनको मूल्य सके गण्डकी प्रदेशका ८५ वटै पालिकामा नभएपनि ११ जिल्लाका एउटा पालिकाको दरले बजारको ग्यारेन्टी हामी गर्छौ’ उहाँले भन्नुभयो ।


मुख्यमन्त्री अधिकारीले सकेसम्म स्वदेशी कच्चा पदार्थबाट निर्माण गरिएका वस्तुको प्रयोग गर्न आग्रह गर्नुभयो । स्वदेशी वस्तुको प्रयोग गर्ने र प्रयोग गर्न उत्प्रेरित गर्नेलाई पुरस्कृत समेत गर्ने तयारी गरिएको जनाउनुभयो ।


‘सकभर आफ्नै उत्पादन प्रयोग गर्नुहोस्, मालामा र खादामा पैसा खर्च नगर्नुहोस्’उहाँको आग्रह थियो ।


महिला र पुरुषले पाउने श्रमको मूल्यमा समेत फरक देखिने गरेको भन्दै समान कामको समान ज्याला पाउनुनैपर्ने यदी कतै विभेद भएको भए कारवाही गर्ने प्रतिवद्धता जनाउनुभयो ।


विदेशी पुँजीको दबदबाको अन्त्य गर्न राष्ट्रिय पुँजी निर्माण गर्नुपर्ने आवश्यकता देखिएको उहाँले सुनाउनुभयो । जसका लागि केन्द्र सरकारले आवश्यक नीति बनाउनुपर्छ ।


 ‘नेपाली उत्पादनलाई सहुलियत दिनेछौं, बजारको व्यवस्था गर्नेछौं भनेर सरकारले नीति बनायो भने मात्र राष्ट्रिय पुँजी वृद्धि हुन सक्छ’ उहाँले भन्नुभयो ।
 

सेवा नेपालकी अध्यक्ष पार्वती न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको थियो । सेवा नेपालमा ६ प्रदेशका २ सय ८४ सामाजिक उद्यमी महिला सहकारी साथै कृषि र पशुविकास सहकारी संस्थाहरू सदस्य रहेका छन् । कार्यक्रममा गण्डकी प्रदेशमा रहेका सेवा नेपालका सदस्यहरू सहभागी बनेका थिए ।

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्